कान्छो खवर । आइतबार, मंसिर १०, २०८०
गाईघाट १० मंसिर । प्रहरीले लागूऔषध नियन्त्रणका लागि मिसन डग्र्स इन्टरनेप्सन “एम डिआई “अभियान सुरु गरेकै दिन ५२ जना लागूऔषध सेबनकर्ताहरुले लागूऔषध सेबन नगर्ने प्रतिबद्धता जनाएकाछ्न । जिल्ला प्रहरी कार्यलय उदयपुरले हिजो सनिवार बाट सुरु गरेको उक्त अभियानमा प्रहरी हिरासतमा रहेका उनिहरुले आ- आफ्नो अभिभावक , जनप्रतिनिधि , संचारकर्मि , स्थानिय प्रशासन नागरिक अभियान्ताहरुको रोहवरमा अब देखि कहिले पनि लागूऔषध सेबन नगर्ने लिखित हस्ताक्षर गरि प्रतिबद्धता जनाएकाछ्न । उनिहरु लामो समय देखि लागूऔषध सेबनकर्ता रहेकोे प्रहरीले जनाएको छ। उदयपुरमा लागूऔषधको बिकराल समस्या देखिए संगै प्रहरीले १ महीना देखि लागूऔषध सेबन र बिक्री बितरणमा कडाइ गर्दै आईरहेको छ । प्रहरीले कानुनी दायरा बाहेक दुर्ब्यसनिहरुलाई काउन्सिलिङ गर्दै सुधारका प्रयास जारी राख्ने उदेश्यले यस्तो कार्यक्रम सुरुवात गरेको जिल्ला प्रहरी कार्यलय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक रमेश थापाले बताए । लागूऔषधको कारोबार , सेबनकर्ता ओसारपसार उदयपुरमा धेरै मात्रामा हुने तथ्य बाहिर आए पछि हामीले यस लाई नियन्त्रण गर्न विभिन्न अभियान संचालन गरिरहेको उनले बताए । अहिले सम्म मुख्य कारोबारि पक्राउ पर्न बाट उम्कदै आइरहेको छ। उनिहरु बाहिर बसेर कारोबार गर्दै आइरहेकोले पक्राउ पर्न बाट जोगिदै आइरहेका छ्न । थापाले बताए । मुख्य कारोबारी उम्कने गरेकोले एमडीआई कार्यक्रमको सुरुवात गरेको उनले बताए । उपरीक्षक थापाले अब यो अभियान जिल्लाको ८ वटा स्थानिय तहमा लैजाने योजना रहेको बताए । अब आज बाट प्रतिबद्धता जनाउने सबैको घर घरमा जनप्रतिनिधिसहितको टोलि प्रतेक हप्ता एक पटक जाने र उनिहरुको अवस्था बुझ्ने उनले बताए । जिल्ला प्रहरी कार्यलय परिसरमा आयोजित कार्यक्रमको त्रियुगा नगरपालिकाकी उप- मेयर महेश्वरी राईले उद्घाटन गर्दै लागूऔषध नियन्त्रण अभियान लाई नगरपालिकाले सक्दो सहयोग गर्ने बताईन ।उनले जिल्लामा अहिले लागूऔषधको कारोबार भयावह बन्दै गइरहेको र युवापुस्ता बढी आक्रान्त बन्दै गइरहेको अबस्थामा प्रहरीले संचालन गरेको अभियानले सार्थक पाउन थालेको बताई ।प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले प्रहरी , प्रशासनले कानुनी दायरामा ल्याएर थुन्ने भन्दा पनि सुधारका प्रयास बाट लागूऔषध नियन्त्रण गर्न सकिने बिश्वासका साथ यो अभियान सुरु गरिएको बताए । कार्यक्रममा दुर्ब्यसनिहरुलाइ सहजकर्ताहरुले लागूऔषधका असर यस बाट बच्ने उपाय उपचार पद्धति र कानुनी उपचारको विषयमा अनुभव सहित सहजीकरण गरेका थिए ।