११ पुष २०८१, बिहिबार

अबैध रुपमा खयरको काठ चोरीनिकासीमा संलग्न २ पक्राउ

कान्छो खवर । सोमबार, मंसिर ०४, २०८०

गाईघाट ४ मंसिर । खोटाङमा खयरको काठ चोरीपैठारी गरेको अभियोगमा दुई जना पक्राउ परेकाछ्न ।डिभिजन बन कार्यलय खोटाङमा बनपैदावर चोरीनिकासी मुद्दा दर्ता भएपछि फरार रहेका ६ जना मध्ये आइतबार हलेसि तुवाचुङ नगरपालिका ४ बडहरेका जोख बहादुर बस्नेत र श्याम कुमार माझीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।साबिकको बडहरे ४स्थित खोक्सेलि सामुदायिक बन बाट खयरको काठ चोरीपैठारीमा सङ्ल्ग्न पाइएपछि उनिहरु विरुद्ध कार्तिक १६ मा जारी पक्राउ पुर्जीको आधारमा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक पुरुषाेतम खड्काले बताए । कानुनी प्रक्रिया पुरा नगरी उक्त सामुदायिक बन बाट खयरको काठ निकासी गरेको उजुरीको आधारमा बनकार्यलयले काठ ठेकेदार अनिल राई , गाउका अगुवा बस्नेत सहित ६ जना विरुद्ध असोज ७ गते मुद्दा  दर्ता गरेर बनले कार्बाहि अधि बढाएको थियोे । उनिहरुको मिलिमतो बाट सामुदायिक बन भित्र बाट अनुमति बेगर ३८ वटा खयरको रुख कटान गरिएको बन उपभोक्ता समुहको निरीक्षण टोलिको प्रतिबेदनमा उल्लेख गरिए पछी ऊनीहरु विरुद्ध बनले कार्बाहि सुरु गरेको थियोे ।उक्त काठ चोरीनिकासीमा सङ्लङ्न भएको पाइएपछि सब -डिभिजन बन कार्यलय हलेसिका प्रमुख रामसागर मण्डललाइ कोसि प्रदेश बन तथा बाताबरण मन्त्रालयले सरुवा गरेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्