०७ पुष २०८१, आइतबार

आज लक्ष्मीपुजा

कान्छो खवर । आइतबार, कार्तिक २६, २०८०

गाईघाट २६ कार्तिक । आज यमपन्चक अर्थात तिहारको दोस्रो दिन लक्ष्मीको पुजाआराधना गरि श्रधा ,भक्तिपुर्बक घर घरमा लक्ष्मीपुजा मनाइदैछ ।आइतबार एकै दिन नरकचतुर्दशि ,कुकुरतिहार ,लक्ष्मीपुजा दिपमालिका परेको छ। लक्ष्मी पुजाका लागि साझ आगन देखि मुलढोका हुदै लक्ष्मी स्थापना गरि पुजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरि चामलको पिठो र अबिरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ । प्रत्येक बर्ष कार्तिक कृष्ण त्रयोदशिदेखि कार्तिक शुक्ल दबतियासम्म मनाइने हिन्दुहरुको दोस्रो ठुलो चाड येमपन्चक अर्थात तिहार शनिबार देखि सुरु भएको हो ।

यहाँ कमेन्ट गर्नुहोस्