कान्छो खवर । शुक्रबार, कार्तिक १७, २०८०
गाईघाट १७ कार्तिक । त्रियुगा नगरपालिकाले आफ्नो कर्मचारी ,जनप्रतिनिधिहरु र नगरछेत्रका सामुदायिक बिधालयमा कार्यरत शिक्षकहरुले अनिवार्यरूपमा आफ्नो छोराछोरी लाई सामुदायिक बिधालयमा पढाउनुपर्ने निर्णय गरेको छ। शुक्रबार मेयर बसन्त बस्नेतको अध्यक्षतामा बसेको नगरपालिका छेत्रका सामुदायिक बिधालयका प्रधानध्यापकहरुको बैठकले सामुदायिक बिधालयको शैक्षिक गुणस्तर सुधारको लागि येस्तो निर्णय गरेको हो ।नगरपालिकाले गत बर्ष पनि येस्तो निर्णय गरेकोमा लागू हुनसकेको थिएन ।शैक्षिक सत्र २०८१ देखि लागू हुने गरि निर्णय गरिएको प्रशासन प्रमुख श्याम सुन्दासले बताए । उनले बिगतमा हुन नसकेको निर्णय अब कडाइका साथ लागू गरिने बताए ।
यहाँ कमेन्ट गर्नुहोस्