०७ पुष २०८१, आइतबार

कोशी प्रदेशदेखि काठमाण्डौ सम्म ब्राउन सुगर सप्लाई गिरोह पक्राउ

कान्छो खवर । बिहिबार, कार्तिक १६, २०८०

गाईघाट, १६ कातिक
प्रहरीले कोशी प्रदेश देखि काठमाण्डौ सम्म ब्राउन सुगर सप्लाई गर्ने एक भारतीय सहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले अहिले सम्मकै ठुलो परिणाममा लागु औषध ब्राउन सुगर बरामद गरेको हो । झापादेखि काठमाण्डौ सम्म भाडामा गाडी रिजर्ब गरि ब्राउन सुगर बिक्रि गर्दै हिड्ने समुहलाई जिल्ला प्रहरी कार्यालय उदयपुरको विशेष अप्रेसनले पक्राउ गर्न सफल भएको प्रहरी उपरिक्षक रमेश थापाले बिहिवार पत्रकार सम्मेलन गरि जानकारी दिएका हुन ।
चौदण्डीगढी नगरपालिका– ९ भिमा मोहोरीया चोक मदन भण्डारी लोकमार्गमा चेकजाँचको क्रममा टिभिएस कम्पनीको को २८ प ४९७८ नम्बरको मोटरसाईलमा सवार भारत बिहार राज्य सुपौल भिमनगर थाना वडा नम्बर १२ का ४८ वर्षिय प्रमोद गुप्ता, सुनसरीको ईनरुवा नगरपालिका– ६ का ४५ वर्षिय सलिम मियाँको साथबाट ८१ ग्राम ५५० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको थियो । उनीहरुको गोजीबाट दुई वटा प्लाष्ट्रिकमा पोका पारिएको ब्राउन सुगर फेला पारेको हो । उनीहरु मध्ये भारत बिहार राज्य सुपौल भिमनगर थाना वडा नम्बर १२ का ४८ वर्षिय प्रमोद गुप्ता भारतबाट ब्राउन सुगर ल्याउने र मियाँ नेपालमा बिक्रि गर्ने समुह हुन । गुप्ताको भारतमा मोटर पार्टसको पसल रहेको छ भने मियाँ नेपालमा कबाडी संकलन गर्ने ब्यक्ति भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक थापाले बताए ।
कोशी प्रदेश र काठमाण्डौ सम्म पु¥याएर बिक्रि गर्ने समुहका नाईके भारत बिहार राज्य सुपौल भिमनगर थाना वडा नम्बर १२ का ४८ वर्षिय प्रमोद गुप्ता, सुनसरीको ईनरुवा नगरपालिका– ६ का ४५ वर्षिय सलिम मियाँलाई ८१ ग्राम ५५० मिलिग्राम ब्राउन सुगर पक्राउ गरिएको हो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा चिनेको ग्राहक र पुरानो दुब्र्यसनीसँग मात्र कारोबार गर्ने भारतीय नम्बरको ध्जबतक ब्उउ बाट कुरा गर्ने, नगद रकम पहिल्यै देखाउनु पर्ने। विश्वस्त नभएमा कारोबार नगर्ने, भारतमा प्रति ग्राम भारतीय रुपैया १ हजारमा खरिद गर्ने, उदयपुरमा प्रति ग्राम नेपाली रुपैया ५ हजार, काठमाण्डौमा प्रति ग्राम १२ हजार रुपैयामा खरिद बिक्रि गर्ने गरेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले अहिले मिसन ड्रग्स अनुसन्धान (ःम्क्ष्) प्रोग्राम लागु गरेर लागु औषध नियन्त्रण अभियान थालेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्