०७ पुष २०८१, आइतबार

कोसिको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त

कान्छो खवर । शनिबार, आश्विन २७, २०८०

गाईघाट २७ असोज । कोसि प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएकाछ्न ।प्रदेश प्रमुख परशुराम खापुङले उनलाइ सनिवार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन ।उनि कोसिमा आठौ मुख्यमन्त्री बनेका छ्न ।नेपालको संविधानको धारा १६८को उपधारा ” ५”बमोजिम कार्कीलाई खापुङले कोसिको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन। सत्ता गठबन्धन को निर्णय बिपरित नेकपा एमाले को समर्थनमा कार्की ४७ जना सान्सदको सनाखत पछि मुख्यमन्त्री बनेका हुन ।उनलाई मुख्यमन्त्री बनाउन एमालेका ३९ र ८ जना शेखर कोइराला पक्षका गरि ४७ जना सान्सदहरुले हस्ताक्षर गरेका थिए । उता सत्ता गठबन्धनले नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री बनाउने सहमति गरेको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्