कान्छो खवर । मंगलबार, आश्विन १६, २०८०
गाईघाट, १६ असोज
प्रहरीबाट जोगिन लागूऔषध कारोबारीले लागूऔषध ओसारपसारमा नयाँ तरिका अपनाउन थालेकाछन् ।
प्रहरीले सोमबार पक्राऊ गरेका ५ जना युवाहरुले मलद्धार भित्र लुकाएर ल्याउदै गरेको लागू औषध बरामद गरेपछि नयाँ तरिका खुल्न आएको हो । उदयपुरको चौढण्डीगढी नगरपालिका–६ बेलटारबाट पक्राऊ गरेका युवाहरुले मलद्धार भित्र फ्रिजिङगरि ल्याउँदै गरेको लागू औषध प्रहरीले भिडियो एक्सरे गरेर पत्ता लगाएको हो । मलद्धार भित्र लागू औषध देखिएपछि प्रहरीले अप्रेसन गरेर निकालेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । प्रहरीले चौढण्डीगढी–६ का ३० बर्षिय बिनोद राई, ३२ बर्षिय विदुर राई, ३० बर्षिय बिसाल राई, ३२ वर्षिय मनोज राई र ३२ वर्षिय प्रवेश चौहानलाई पक्राऊ गरेको हो । उनीहरु सबैले लागू औषध मलद्धारमा लुकाएर ल्याएका थिए । उनीहरुको साथबाट फेनारगन, लुपिजेसिक र डाईजोपामगरि ३५ एम्पुल बरामद गरिएको प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले बताए । पक्राऊ परेका उनीहरु विरुद्ध मुद्दा चलाउनको लागि अदालतबाट १० दिनको म्याद लिएर अनुसन्धान शुरु गरिएको चौधरीले बताए ।