०९ पुष २०८१, मंगलबार

एक अर्ब बढी ठगी गर्ने गिरोह सार्वजनिक

कान्छो खवर । बुधबार, आषाढ २७, २०८०

गाइघाट। प्रहरीले उपहारको नाममा रकम ठगि गर्ने कार्यमा सङलग्न गिरोहका सदस्यलाइृ सार्वजनिक गरेको छ ।
उदयपुरको कटारी नगरपालिका-४ की ३६ वर्षिया सरिता तामाङ्गबाट १ लाख ३० हजार ६ सय २७ रुपैया ठगि गरेको आरोपमा पक्राऊ परेका गिरोहका ७ जनालाई बुधबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो ।

पक्राऊ पर्नेहरुमा भारत उत्तराखण्ड पौडी गडवालका प्रविन भट्ट, सप्तरी विष्णुपुर-२ का २० वर्षिय निरज कुमार साह, गुल्मि-६ का ३२ वर्षिय धुर्ब थापा, सप्तरी राजविराज-१ डुम्रिका डम्मर साह, मोरङं विराटनगरका-२० का ३७ वर्षिय हेमराज साह, झापा बैलेतिबारी-१ का ३१ वर्षिय बरजहान शेख र बारा कलैया उप महानगरपालिका-२० का २३ वर्षिय रुस्तम मन्सुरि रहेका छन् ।

तामाङ्गलाई गुडनेस ईजरायल नामको फेसबुक मार्फत साथी बनाई रकम ठगि गरेको प्रहरीले जनाएको छ ।
साथी बनेपछि उनीहरुबीच निरन्तर कुराकानी हुँदै व्हाटस एप समेत प्रयोग हुदै आएको थियो । एसपी ज्ञानेन्द्र फुयालले भने । तामाङ्गलाई तेहि विचमा लगेज लगाएत ७० हजार अमेरिकन डलर पठाई दिएको छु ।

उक्त सामान एअरपोर्टमा रोकिएर बसेको छ र तुरुन्तै १ लाख ३० हजार ६ सय २७ रुपैया पठाउनु भनेर म्यासेज आउछ । तामाङ्गले पनि उक्त म्यासेज हेरेर भनेको खातामा पैसा पठाउछिन् । फेरी अर्को पटक पनि पैसा कम भयो भन्दै थप पैसा पठाउन म्यासेज आउछ । तेपछि भने महिला उक्त म्यासेजले सशन्कित हुन्छिन् र आफू ठगिएको पत्ता लगाउछ र ठगिमा सग्लन्नको खोजी शुरु गर्छ ।
प्रहरीले जेठको पहिलो साता मै पहिलो पटक भारतीय नागरीक भट्टलाई पक्राऊ गर्छ । अनि अनुसन्धान र भट्टको बयानबाट अरु अभियुक्त पक्राउ पर्छन, एसपी फुयालले भने ।

उनले ठगि गरेको र पक्राऊ परेका व्यक्तिहरुको खातामा अवैध रुपमा जम्मा हुने र आफ्नो कमिशनको भाग राखेर पुन अर्को खातामा पठाउने गरेको खुलेको बताए । प्रतिवादिहरुको विभिन्न व्यक्तिगत तथा निजहरुले खोलेको संस्थाको खातमा १ वर्षको अवधिमा १ अर्व ९ करोड १ लाख ४२ हजार ३९३ रुपैया टान्जेक्शन भएको एसपी फुयालले बताए ।

पक्राऊ परेका प्रतिवादिहरुलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २१ अन्तर्गत ठगि आपराधिक विश्वासघात तथा आपराधिक लाभ र संगठित अपराध सम्बन्धि कसुरमा म्याद थप भै अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्