कान्छो खवर । बुधबार, जेठ ३१, २०८०
गाईघाट, ३१ जेष्ठ
खोटाङंमा घरायसी विवादमा झगडा हुदा मंगलबार राती श्रीमानले खुकुरी प्रहारगरि श्रीमतीको हत्या गरेकाछन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा घर भै वडा नम्बर ७ मझुवागढी बस्दै आएका ३२ वर्षिय बालजित राईले २८ वर्षिया श्रीमती सरिता तामाङ्गको कुटपिटपछि खुकुरी प्रहार गरि हत्या गरेको प्रहरीले जनाएको छ ।
हत्या गरि फरार रहेका राईलाई घर नजिकैको जंगलमा लुकेर बसेको बेला राती ९ बजे प्रहरीले पक्राऊ गरेको प्रहरी नायब उपरीक्षक मन्जिल मुकारुङ्गले बताए ।
हत्याको सम्बन्धमा थप अनुसन्धान भैरहेको उनले बताए ।
यहाँ कमेन्ट गर्नुहोस्