कान्छो खवर । शनिबार, बैशाख ०६, २०८२

गाईघाट ६ बैशाख ।
साउनेमा रुखबाट लडेर सनिवार बिहान एक जनाको मृत्यु भएको छ ।घर देखि परको जंगलमा रुखमा चडेर घाँस काट्ने क्रममा माथिबाट खसेर त्रियुगा नगरपालिका १४ साउनेका ५० बर्षिय रामकुमार थापा मगरको मृत्यु भएको हो ।
वडा अध्यक्ष हेम मगरले रुखबाट खसेर झण्डै १ सय मिटर तल भिरमा मगरको शब फेला परेको बताए । घास काट्दै गर्दा उनी माथि देखि खसेर भिरमा झरेको देखिन्छ , उनले भने ।
बिहान झन्डै ८ बजे तिर घाँस काट्न जंगल गएको परिबारका सदस्यले उल्लेख गरेको वडा अध्यक्ष मगरले बताए । घटना पछी प्रहरीलाई खबर गरेको उनले बताए ।अहिले प्रहरी टोलि घटना स्थल पुगेर सर्जिमिन मुचुल्का बनाउदै उनले बताए ।
यहाँ कमेन्ट गर्नुहोस्