कान्छो खवर । सोमबार, बैशाख ०१, २०८२

गाईघाट १ बैशाख ।
उदयपुरको लिम्चुङबुङ गाउपालिकाले गाउपालिका अन्तरगत कार्यरत रास्ट्रसेबक कर्मचारीहरुले हप्ताको दुई दिन आइतबार र सोमबार आफ्नो जातीय भेष भुषा अनिवार्य लगाएर कार्यालयबाट सेवा उपलब्ध गराउन अनुरोध गरेको छ।
गाउपालिकाले आइतबार एक सार्वजनिक सूचना जारी गर्दै बैशाख १ गते देखि सम्पूर्ण कर्मचारीहरलाई जातीय भेषभुषा लगाएर सेवा उपलब्ध गराउन भनेको छ ।
गत फागुन १ गते बसेको कार्यपालिकाको ११ औं बैठकबाट भएको निर्णय अनुसार लिम्चुङबुङ गाउपालिकालाई पर्यटन बिकास गर्ने लक्ष्य अनुरुप पर्यटन प्रबर्द्धन गर्ने उदेश्यले त्यस्तो निर्णय गरिएको सूचनामा उल्लेख छ ।
यहाँ कमेन्ट गर्नुहोस्