कान्छो खवर । सोमबार, बैशाख ०१, २०८२

गाईघाट १ बैशाख ।
सप्तकोसी किनारबाट बेवारिसे अबस्थामा सोमबार बिहान झन्डै १ सय ८० केजी गाजा बरामद भएको छ ।
बेलका नगरपालिका ८ कोशी किनारमा ६ वटा प्लास्टिकको बोरामा प्याक गरेर लुखाई राखेको अबस्थामा प्रहरीले उक्त गाजा बरामद गरेको हो ।उक्त गाजा भारत तर्फ निकासी हुन लागेको अनुमान प्रहरीले गरेको छ ।
१५ दिन अघि पनि सोही ठाउबाट प्रहरीले ठुलो परिणाममा गाजा बेवारिसे अबस्थामा फेला पारेको थियोे ।आज बिहान १ .५० बजेको समयमा लुकाएर राखेको अबस्थामा अस्थायी प्रहरी चौकी कोठुबाट खटिएको प्रहरी सुरक्षाकर्मीको टोलीले उक्त परिणामको गाजा बरामद गरेको एसपी हरिहरनाथ योगीले बताए ।
बरामद गाजा ईलाका प्रहरी कार्यालय रामपुरमा राखिएको छ ।प्रहरीले अहिले अनुसन्धान सुरु गरेको जनाएको छ ।
यहाँ कमेन्ट गर्नुहोस्