०६ बैशाख २०८२, शनिबार

ट्याक्टर दुर्घटनामा वडा सदस्य सहित दुई जनाको मृत्यु

कान्छो खवर । आइतबार, चैत्र ३०, २०८१

गाईघाट  ३१  चैत  ।

भोजपुरमा सनिवार राति ट्याक्टर दुर्घटनामा परी दुई जनाएको मृत्यु भएको छ ।

भोजपुर नगरपालिका ५ बोखिमदेखि गोबर मल लिएर आउदै गरेको प्रदेश १ -०२-००३ त ११२४ नम्बरको ट्याक्टर राति ८ बजे भोजपुर ३ सेतीबगर भन्ने ठाउँमा दुर्घटना हुदा वडा नम्बर ५ का वडा सदस्य ५२ बर्षिय निरप्रसाद फुयाल र सोही वडाका ५५ बर्षिय भक्तबहादुर थापाको घटना स्थल मै मृत्यु भएको हो ।

भोजपुर प्रहरी प्रमुख युबराज तिमिल्सिनाले दुर्घटनाको कारण खुलिनसकेको तर बढी लोड भएर दुर्घटना हुन सक्ने बताए । मल लिन वडा सदस्य आफै गएको खुल्न आएको छ ।

चालकलाई नियन्त्रणलाई लिएर प्रहरीले दुर्घटनाको अनुसन्धान सुरु गरेको र मृतकहरुको शब पोस्टमार्टमको लागि भोजपुर जिल्ला अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्