०६ बैशाख २०८२, शनिबार

त्रियुगा नगरपालिकाद्वारा ठुलो संख्यामा शिक्षक सरुवा , शिक्षक संघ संगठनलको सरुवा प्रति आपत्ति

कान्छो खवर । शनिबार, चैत्र २९, २०८१

गाईघाट  ३०  चैत  ।

त्रियुगा नगरपालिकाको शिक्षा समितिले ठुलो संख्यामा प्रधानअध्यापक र शिक्षकहरुको सरुवा गरेको छ ।

जिल्लामा कार्यरत शिक्षकहरु आन्दोलनको क्रममा काठमाडौ रहेकोे मौका पारेर शिक्षा समितिले शिक्षकहरुकोसरुवा गरेको हो । शुक्रबारको कार्यपालिका बैठकमा लामो रस्साकस्सी पछी कार्यपालिकाको बैठकबाट शिक्षक सरुवा अनुमोदन गरिएको छ ।

शिक्षक दरबन्दी मिलान समितिको २० ८१ १२/१३ गतेको बैठकले सिफारिस गरेको दरबन्दी मिलानको मापदण्ड र आधारमा स्वीकृत गरि दरबन्दी मिलान समितिले गरेको सिफारिस अनुसार शिक्षा समितिले सरुवाको निर्णय गरेको हो ।

शिक्षक सरुवाको सुइँको सबै शिक्षक काठमाडौ आन्दोलनमा भएकोले कसैले पाएका थिएनन । शिक्षक सरुवाको निर्णय सार्वजनिक भए पछी भने शिक्षक  संघसंगठनहरुले बिज्ञपति जारी गरेर बिरोध जनाएका छन ।

शिक्षा समितिले ८१ जना शिक्षक र प्रधानध्यापकको सरुवा गरेको छ ।सरुवा गरिएको शिक्षकहरु केहिलाई पायक ठाउ देखि दुगर्मको बिध्यालयमा सरुवा गरिएको छ भने केहिलाई दुर्गम देखि पायक पर्ने ठाउको बिध्यालय ल्याइएको छ ।

बिध्यालयको शैक्षिक सुधार गरेर राम्रो काम गर्ने बालमन्दिर माबिका प्रअ जंगबहादुर खड्का र रामजानकी माबी मोतिगडाका प्रअ पुन्य कार्कीलाई अन्यत्र सरुवा गरेर हतोत्साहित गरिएको छ ।जिल्लाकै उत्कृष्ट शिक्षकको रूपमा परिचीत उनिहरु यतिखेर काठमाडौमा आन्दोलन कार्यक्रममा रहेका छ्न ।

अचानक आफुहरु सरुवा भएको जानकारी पाए लगत्तै उनिहरु काठमाडौ देखि गाईघाट फर्कन लागेका छ्न । धेरै शिक्षकहरु पहुँच र पैसा खर्च गरेर राम्रो र आफुले भनेको ठाउँमा सरुवा भएको  चर्चा चलेको छ ।

एक शिक्षक नाम उल्लेख नगर्ने सर्तमा भन्छ्न -ठुलै रकमको चलखेल भएर अहिले  शिक्षकको सरुवा भएको हो । केही सहायक प्रअलाई अबकासमा जानु अघि नै  प्रअ बनाउनको  लागि बिध्यालय परिवर्तन गरेर  सरुवा गरिएको छ ।

त्रियुगा नगरपालिकाले  गरेको सरुवाको निर्णय प्रति आपत्ति जनाउदै शुक्रबार नै नेपाल शिक्षक महासघ त्रियुगा नगर समितिका अध्यक्ष सन्तोष थापा र नेपाल रास्ट्रीय शिक्षक संगठन त्रिनपा नगरकमिटीका अध्यक्ष ग्रामबहादुर मगरले सयुक्त रूपमा बीज्ञप्ती जारी गरेर सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराएका छ्न ।

बीज्ञप्तिमा दरबन्दी मिलानको नाममा शिक्षक तथा प्रधानाध्यापकलाई अपायक सरुवा गरेर मनोबल घटाउने काम भएको प्रति गम्भीर रूपमा ध्यानाकर्षण भएको उल्लेख छ ।साथै मिलान कार्यलाई तत्काल पुनर्बिचार गरि सकारात्मक सरसल्लाह साथ अगाडि बड्न अपिल गरिएको बिज्ञप्तिमा भनिए  छ ।

 

यहाँ कमेन्ट गर्नुहोस्