कान्छो खवर । मंगलबार, माघ १७, २०७९
गाईघाट १७ माघ
प्रतिनिधि सभा का उप—सभामुख इन्दीरा राना मगर ले सिमान्तकृत , जेष्ठ नागरिक , महिला वालवालिका र परिवार वाट अपहेलित को लागी स्थानिय तहले विशेष कार्यक्रम ल्याउन जोड दिएकी छिन् । उनले आफुु सामाजिक क्षेत्र वाट आएकोले उनीहरु वारे धेरै कुरा जानकारी पाएको वताइन् । समयमा नै उपचार गर्न नपाएर धेरै महिला , वालवालिकाको मृत्यु भएको मैले देखेको छु । ’उनले भनीन् । स्थानीय तहले त्यसलाई विशेष रुपमा सम्वोधन गरी अकाल मृत्यु वाट जोगाउनु पर्ने गरी प्रभावकारी रुपमा स्वास्थ्य कार्यक्रम सुरु गर्नु पर्ने उनले वताइन् । त्रियुगा नरपालिकाले मंगलवार आयोजना गरेको उदयपुर विकास वोर्ड को प्रथम वैंठक एवम स्वागत कार्यक्रम को उद्धघाटन गर्दै उनले आफु निष्पक्ष भएर काम गर्ने वताइन् ।
यहाँ कमेन्ट गर्नुहोस्