कान्छो खवर । मंगलबार, माघ १७, २०७९
गाइघाट,१७ माघ।खोटाङ स्थीत प्रसिद्ध हलेसी मंदीरको दानपेटीका फुटाएर रकम चोरी गरेको आरोपमा एक युुवा पक्राऊ परेकाछन् । मंदीर हातामा रहेको सिसी टिभी क्यामरा को फुटेजमा देखीएको प्रमाणको आधारमा इलाम को सातखरा नगरपालिका ८ का ३६ वर्षिय रुपेश राई लाई प्रहरीले सोमवार पक्राऊ गरेको हो । दान पेटीका फुटाई पैसा झिकेर भाग्दै गरेको फुटेज क्यामरामा देखीए पछि राई लाई प्रहरीले खोज्दै जादा हलेसी तुवाचुङ नगरपालिका ३ च्यास्मीटार प्रहरीले पक्राऊ गरेको डिएसपि मञ्जिल मुकारुङले वताए । मंदीरको दानपेटीका वाट आइतवार राती रकम चोरी भएको थियो । राती ८.१५ वजे रकम चोरी भएको फुटेजमा देखीएको थियो । डिएसपि मुकारुङले झण्डै १५ ,१६ हजार नगर चोरी भएको अनुमान गरेपनि राईको साथ वाट ६ सय ९० रुपैया नेपाली रुपीया र १ हजार ८ सय ४५ रुपैया भारु वरामद भएको वताए । पक्राऊ परेका राई लाई थप अनुसन्धान को लागी अदालतमा म्याद थप्ने तयारी भईरहेको प्रहरीले जनाएको छ ।