०८ पुष २०८१, सोमबार

त्रियुगा १० का ५ सय ३० जेष्ठ नागरिकहरुलाई फाइबरको सिरक बितरण

कान्छो खवर । आइतबार, माघ ०१, २०७९

गाईघाट । उदयपुरको त्रियुगा नगरपालिका १० बोक्सेका जेष्ठ नागरिकलाई फाइबरको सिरक बितरण गरिएको छ । नगरपालिकाको वडा नं १० को आयोजनामा वडाका जेष्ठ नागरिक, एकल महिला र अपांग नागरिकलाई जाडोको बेला न्यानो फाइवरको सिरक वितरण  गरिएको हो ।

६८ बर्ष माथीका ३०५ जेष्ठ नागरिक, ६० बर्ष माथीका ६६ दलित जेष्ठ नागरिक, अपांग भएका ४९ र एकल महिला ११० गरि ५ सय ३० जनालाई न्यानो फाइवरको सिरक वितरण  गरिएको छ ।त्रियुगा नगरपालिका प्रमुख वसन्त बस्नेतले अपांग र जेष्ठ नागरिकलाई सिरक वितरण गर्दै जेष्ठ नागरिकलाई नगरपालिकाले सदैव सम्मान र संरक्षण गर्ने बताए ।

यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष किरण पाण्डेले जेष्ठ नागरिकको सीप, ज्ञान र अनुभवलाई नयाँ पुस्ताले सिकाइका रुपमा लिनुपर्ने बताए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, जिल्ला प्रहरी प्रमुख ज्ञानेन्द्र फुयल, शसस्त्र प्रहरी उपरीक्षक, नेकपा एमाले प्रदेश कमिटिका सचिवालय सदस्य इश्वरमणि राउत लगायतका व्यक्ती उपस्थित थिए ।

यहाँ कमेन्ट गर्नुहोस्