०१ चैत्र २०८१, शनिबार

उदयपुरमा फागु पर्बमा १२ जना पक्राउ , ३९ वटा सवारी साधन नियन्त्रणमा

कान्छो खवर । शुक्रबार, फाल्गुण ३०, २०८१

गाईघाट  १  चैत  ।

होलि पर्बको बेला मादक पदार्थ र लागूऔषध सेबन गरि झैझगडा र उच्छृङ्खल गतिविधि गर्ने कार्यमा सङ्लग्न  १२ जना शुक्रबार दिउसो पक्राउ परेका छ्न ।

प्रहरीले उनिहरुलाई नियन्त्रणमा लिएर कार्यबाही अघि बढाएको छ ।त्यसै गरि ट्राफिक नियम उलंघन गर्ने र मादक पदार्थ सेबन गरी सवारी साधन चलाउने ३९ वटा सवारी साधनलाई कार्यबाही गरिएको ट्राफिक प्रहरी भुबन राईले बताए ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपि हरिहरनाथ  योगीले फागु पर्बलाई मध्य नजर गर्दै जिल्ला भरी ३३९ जना प्रहरी परिचालन गरिएको बताए ।

यहाँ कमेन्ट गर्नुहोस्