३० फाल्गुण २०८१, शुक्रबार

राजाबासमा सवारी दुर्घटनामा एक युवकको मृत्यु

कान्छो खवर । शुक्रबार, फाल्गुण ३०, २०८१

गाईघाट  १  चैत  ।

रोकिराखेको ट्याक्टरलाई पछाडीबाट ठक्कर दिदा राजाबासमा बिहिवार राति एक मोटरसाइकल चालकको मृत्यु  भएको छ ।

मदन भण्डारी राजमार्ग अन्तरगत त्रियुगा नगरपालिका  ८ राजाबासस्थित सरस्वती खोलाको पुल छेउमा रोकिराखेको प्रदेश २ -०१-००१ त २३०१ नम्बरको ट्याक्टरलाई गाईघाट देखि चुहाडे तर्फ जादै गरेको बा ६४ प ५१७ नम्बरको मोटरसाइकलले पछाडीबाट ठक्कर दिदा मोटरसाइकल चालक त्रियुगा नपा ७ भान्टाबारीका ३४ बर्षिय भुबन राईको मृत्यु भएको ट्राफिक प्रहरी पोस्ट गाईघाटले जनाएको छ ।

उक्त घटना राति १० बजेको  समयमा भएकोले चालकले मादक पदार्थ सेबन गरेको हुन सक्ने प्रहरीले जनाएको छ ।मृतक राई गाईघाट बजार देखि घर भान्टाबारी तर्फ जादै गरेको ट्राफिक प्रहरी भुबन राईले बताए ।

ट्याक्टर चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक सन्तोष कार्कीले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्