२८ फाल्गुण २०८१, बुधबार

लागूऔषध सहित ५ जना युवाहरु पक्राउ

कान्छो खवर । मंगलबार, फाल्गुण २७, २०८१

गाईघाट   २७    फागुन  ।

उदयपुरको विभिन्न ठाउ देखि  लागूऔषध सहित ५ युवाहरु पक्राउ परेका छ्न ।ईलाका प्रहरी कार्यालय कटारीले सोमबार साझ महोत्तरीको मनवा सिसुवा १ का ४० बर्षिय दिलिप भुजेल र धनुषाधाम ५ का ३५ बर्षिय शम्भुकुमार साहलाई  टापेन्डाडोल २५१० ट्याब्लेट ,स्पास्पेन २४६० र क्यापु डि ३२० ट्याब्लेट सहित पक्राउ गरेको कोसी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

त्यसै गरि लालपत्ता प्रहरी चौकीले  त्रियुगा नगरपालिका १२ का  २६ बर्षिय ललित चौधरी र २५ बर्षिय बिदायक राई र जिल्ला प्रहरी कार्यालयले त्रियुगा १२ का २२ बर्षिय अर्जुन रोकालाई ६९ ट्याब्लेट लागूऔषध सहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनिहरुलाई लागूऔषध मुद्दामा मुद्दा चलाउने तयारी भैरहेको प्रहरीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्