कान्छो खवर । बुधबार, फाल्गुण १४, २०८१

गाईघाट १४ फागुन ।
खोटाङमा घाँस काट्न गएका महिला र पुरुष मृत अबस्थामा भेटिएका छ्न ।बराह पोखरी गाउपालिका १ बराह पोखरी स्थित डाडाखर्कको जंगलमा उनिहरु बुधबार मृत अबस्थामा फेला परेको खोटाङ प्रहरीले जनाएको छ ।
डाडा गाउकै २३ बर्षीया सरिता बिष्ट बस्नेत र २० बर्षिय शिखर बस्नेत मृत अबस्थामा भेटिएका हुन ।बिष्टको घाटीमा धारिलो हतियार प्रयोग गरेको घाउ देखिएकोले उनको हत्या भएको अनुमान गरिएको वडा अध्यक्ष ढकबहादुर कार्कीले बताए ।
बिष्टको शब रहेको स्थान देखि झन्डै तल २० मिटर जतिमा बस्नेतको शब रुखमा झुन्डिएको अबस्थामा फेला परेको कार्कीले बताए । महिलाको हत्या गरेर पछी बस्नेतले आफैले झुन्डिएर आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको कार्कीले बताए ।
मृतक महिला बिबाहिता हुन र उनको २ बर्षको छोरी रहेको खुल्न आएको छ भने पुरुष भने अविवाहित हुन् ।उनिहरु घाँस काट्न संगै जंगल गएका थिए ।
खोटाङका डिएसपि प्रतीक बिष्टले जंगलमा महिला पुरुष मृत अबस्थामा फेला परेको तर घटना बारे कुनै सुराक नआएको बताए । म अहिले घटना स्थल तर्फ जादै गरेकोले पछी बिस्तृत विवरण आउने उनले बताए ।