२८ फाल्गुण २०८१, बुधबार

प्रथम दनुवारी खाना तथा सास्कृतिक उत्सब सुरु

कान्छो खवर । शुक्रबार, फाल्गुण ०९, २०८१

गाईघाट  ९  फागुन  ।

कोशी प्रदेशकी उपसभामुख सृजना दनुवारले सबै जात जातिको भाषा , सस्कृतीको जगेर्ना  गर्न सरकारले प्रभाबकारी कदम चाल्नुपर्ने बताएकी छिन ।

उनले प्रथम दनुवारी खाना तथा सास्कृतिक उत्सब २०८१ को शुक्रबार राजाबासमा उद्घाटन गर्दै सबै जात जाति र धर्मावलम्बीको पहिचान जिवित राख्नकै लागि पनि मौलिक परम्परालाई राज्यले संरक्षण र सम्बर्द्धन गर्नुपर्ने बताइन् ।

उदयपुरमा पहिलो पटक आयोजना गरिएको उक्त सास्कृतिक उत्सबमा बिशेष  दनुवार परीकारहरुको स्वादानुभुती एबम मौलिक सास्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ ।

जिल्ला सशक्तीकरण स्रोत केन्द्र उदयपुरको आयोजनामा सुरु गरिएको महोत्सवमा बिशेष गरि दनुवारी परिकार रहने स्रोत केन्द्रकि अध्यक्ष बन्दना दनुवारले बताइन् ।  महोत्सवमा झन्डै  २० वटा खानाको स्टल रहेको आयोजकले जनाएको छ ।महोत्सव १ सात चल्ने  दनुवारले बताइन् ।

यहाँ कमेन्ट गर्नुहोस्