कान्छो खवर । शुक्रबार, फाल्गुण ०९, २०८१

गाईघाट ९ फागुन ।
त्रियुगा नगरपालिका ७ जोगीटोल स्थित मदन भण्डारी राजमार्गमा बिहिवार राती भएको सवारीमा एक वृद्धको मृत्यु भएको छ । साथै अन्य २५ जना घाइते भएका छ्न ।
जन्ती बोकेर आउदै गरेको बा ०६ -००१ ख ०१९५ नम्बरको बस र बिपरित दिशा देखि तेजपत्ता बोकेर कटारी तर्फ जादै गरेको ना ८ ख २४०४ नम्बरको मिनि ट्रक एक आपसमा राति ८. ४० बजे ठोकिदा गम्भीर रूपमा घाइते भएका बारा जिल्ला गढी गाउपालिका ४ का ७० बर्षिय सिताराम धामीको उपचारको क्रममा बिराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतम धामी जन्ती रहेको खुल्न आएको छ । दुर्घटनामा परी घाइते भएका मध्य २० जना उपचार पछी घर फर्किएका छ्न भने ३ जनाको न्युरो र २ जनाको जिल्ला अस्पताल गाईघाटमा उपचार भैरहेको एसपि हरिहरनाथ योगीले बताए ।
दुबै सवारी साधनका चालक सामान्य घाइते भएकोमा उनिहरुको उपचार पछी प्रहरी नियन्त्रणमा राखिएको छ ।घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।