२८ फाल्गुण २०८१, बुधबार

बिज्ञान प्रदर्शनीमा त्रियुगा माबि प्रथम

कान्छो खवर । बिहिबार, फाल्गुण ०८, २०८१

गाईघाट   ८   फागुन  ।

दुई दिन सम्म् चलेको नगर स्तरीय बिज्ञान तथा कला प्रदर्शनीमा बिज्ञान तर्फ त्रियुगा माध्यमिक बिध्यालयका तर्फबाट सुनिल दनुवार र गौरब राई प्रथम भएका छ्न ।

उनिहरुले नगद  १० हजार रुपैया र  प्रमाणपत्र पाएका छनभने बिध्यालयले कदर पत्र पाएका छ्न ।जनज्योति माबि चुहाडेले दोस्रो स्थान हासिल गरेको छ ।होमबहादुर दनुवार  र प्रयास दनुवारले सहभागी भएर  नगद ७ हजार रुपैया पाएका छन ।

तृतीय स्थानमा प्याराडाइज सेकेन्डरी  बोर्डिङ स्कूस गाईघाट भएको छ ।बिध्यालयको तर्फबाट सहभागी स्रेया अधिकारी र आदित्य खतिवडाले नगद ५ हजार  पाएका छन ।

त्यसै गरि पिसजोन स्कूसल र जनता आधारभुत माबी मोथीहाईले सान्त्वना स्थान हासिल गरेको छ ।३ हजार राशिको उक्त पुरस्कार  संयुक्त रूपमा दुबै बिद्यालयका बिद्यार्थीहरुले प्राप्त गरेका छन् ।

पिसजोनकि प्रनिसा खत्री र सगुन रौनियार र मोतियाईकि सबिता खड्का र निभन भट्टराईले प्राप्त गरेका छ्न ।

त्यसै गरि कला तर्फ पुष्पान्जली शिसु बाटिका गाईघाटका आशा पण्डित र इशिका साहले पुरस्कार हात पारेका छ्न ।उनिहरुले नगद १० हजार पाएका छन ।कला तर्फ दोस्रो स्थान हासिल गरेका त्रियुगा माबिका रुतुराज सिह र बिष्णु साहले ७ हजार  नगद पाएका छ्न ।

त्यसै गरि तृतीय स्थानमा बालमन्दिर बोक्सेका एल्जिला थापा र रेनिसा थापा  भैइन ।उनिहरुले नगद ५ हजार पाएका छन ।

सगरमाथा मोडेल स्कूल गाईघाटले सान्त्वना भएको छ ।उक्त बिध्यालयका रन्जु रिजाल र दिपेस प्रधानले ३ हजार  नगद जितेका छन ।

त्रियुगा माध्यमिक बिध्यालय गाईघाटको आयोजनामा भएको   नगर स्तरीय बिज्ञान तथा कला प्रदर्शनीमा नगरभित्रका १९ वटा सामुदायिक र निजि बिध्यालयहरुको सहभागीता रहेकोे थियोे ।

प्रतियोगितामा बिजय छात्र तथा छात्राहरुलाई नगर प्रमुख बसन्त  बस्नेतले  बिहीबार दिउँसो  पुरस्कार तथा  प्रमाणपत्र बितरण गरेका छ्न। बुधबार देखि सुरु भएको उक्त प्रदर्शनी  बिहीबार सप्पन्न भएको हो ।

कार्यक्रम आयोजना गर्ने त्रियुगा माबिका प्रअ सुभाष बिष्टले प्रतियोगिता सन्चालन गर्न झन्डै ५ लाख खर्च भएको बताए ।

यहाँ कमेन्ट गर्नुहोस्