२८ फाल्गुण २०८१, बुधबार

बसाहमा स्व नारदमुनि थुलुङको पुर्णकदको सालिक अनावरण

कान्छो खवर । बुधबार, फाल्गुण ०७, २०८१

गाईघाट  ७   फागुन  ।

कडा सुरक्षाबिच कोशी प्रदेशका मुख्य मन्त्री हिक्मत कार्कीले उदयपुरको बसाहमा बुधबार  २००७ का योद्धा प्रजातान्त्रिक सेनानी स्व नारदमुनी थुलुङको पुर्ण कदको सालिक अनावरण गरेका छ्न ।

कार्कीले अनावरण गर्ने कार्यक्रम तय हुने बितिकै पहिचान पक्षधरहरुले कार्की पहिचान बिरोधि भन्दै  चर्को बिरोध गर्दै आएको थियोे ।नेपाली काङ्ग्रेस , नेकपा माओवादी केन्द्र , जनता समाजबादी चौदन्डिगगढी नगर समिति , नारदमुनि थुलुङ् स्मृति परिषद  र किरात यायोख्या उदयपुरले संयुक्त बिज्ञपति निकालेर कार्यक्रम रोक्न जिल्ला प्रशासन कार्यालय उदयपुरमा ज्ञापन बुझाएका थिए ।

बिज्ञप्तिमा मुख्य मन्त्री कार्की पहिचान बिरोधि भएकोले उनिबाट गरिने सालिक अनावरण रोक्न माग गरिएको थियो । अनावरण कार्यक्रममा झडप समेत अनुमान गरिएकोमा पछी स्थानियले स्व नारदमुनिको संमानमा हुने कार्यक्रम भएकोले केहि नगर्न आग्रह गरे पछी आन्दोलनरत पक्ष पछी हटेको थियो ।

स्थानिय प्रशासनले कुनै अप्रिय घटना हुन सक्ने भन्दै सभा स्थलमा निकै कडाइ गरेको थियोे ।  जनपद र सशस्त्र प्रहरी सहित नेपाली सेना समेतको व्यापक परिचालन गरिएको थियोे ।

स्व थुलुङले अहिलेको बसाह स्थित बर्खेडाडामा झन्डै ६० बर्ष अघि जंगल फडानी गरेर बस्ती बसालेका थिए । उनले बस्ती बसालेको संमानमा गाउलेले झन्डै ३ दसक अगाडि उनको अर्ध कदको फलामे सालिक स्थापना गरेका थिए ।

चौदण्ढिगढी नगरपालिकाले अहिले उक्त सालिकलाई हटाएर फाईबरको पुर्ण कदको सालिक राखेर मुख्य मन्त्री कार्कीको हातबाट सालिक अनावरण गराएको  छ ।

सालिक अनावरण पछी आयोजित कार्यक्रममा मुख्य मन्त्री कार्कीले स्व नारदमुनि थुलुङ प्रजातान्त्रिक सेनानी भएकोले उनले सम्झनामा गरिएको कार्यक्रमले ऊनी प्रति स्थानिय बासिन्दाको संमान र कदरको झलक देखिएको बताए ।

उनले राणा शासनको अन्त्यको लागि थुलुङले निर्बाह गर्नु भएको भुमिकाले उनलाई प्रजातान्त्रिक सेनानीले संमान गरिएको बताए ।

उनको नाममा सरकारले धेरै काम गर्न बाकी छ , प्रदेश सरकारले आगामी बजेटमा बसाहमा नारदमुनि स्मृति हल निर्माण गरिने बताए ।

यहाँ कमेन्ट गर्नुहोस्