२८ फाल्गुण २०८१, बुधबार

त्रियुगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिग्देलको मन्त्रालयको अतिरिक्त समुहमा सरुवा

कान्छो खवर । सोमबार, फाल्गुण ०५, २०८१

गाईघाट   ५   फागुन  ।

त्रियुगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णुभक्त सिग्देलको सरुवा भएको  छ ।संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार गरेको ७१ जना उपसचिवको सरुवामा सिग्देलको पनि सरुवा भएको हो ।

झन्डै २ बर्ष  त्रियुगा नगरपालिकामा बसेका उनको सरुवा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समुह ” जगेडा ” मा भएको हो ।उनी सहित सरुवा भएका अन्य ५ जनालाई मन्त्रालयले अतिरिक्त समुहमा जिम्मेवारीबिहिन बनाएर राखेको छ ।

त्रियुगामा रहदा प्रभाबकारी ढंगले काम गर्न नसकेको उनिमाथि आरोप लाग्ने गरेको छ । सिग्देलले अहिले नै आफ्नो सरुवा हुने अनुमान समेत नगरेको  उनि निकट एक कर्मचारीले बताए ।

सिग्देल सर असार  मसान्तसम्म आफ्नो सरुवा हुदैन होला भन्ने गर्नु हुन्थ्यो  तर  उनको सरुवा भयो । कर्मचारीले भने ।

सरुवा भएको जानकारी पाए संगै उनि आइतबार बिहान देखि निकै तनावमा देखिएको कर्मचारीहरु बताउछ्न । बिहान कार्यालय आएका उनि कार्यालय समयमा भने आउदै नआएको एक कर्मचारीले बताए ।दिन भरी उनि क्वाटर मै बसे तर कार्यालयमा नआएको ति कर्मचारीले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्