२९ फाल्गुण २०८१, बिहिबार

खोटाङको हलेसी बजारमा आइतबार साझ भएको आगलागीबाट झन्डै ८ करोड बराबरको क्षती

कान्छो खवर । सोमबार, फाल्गुण ०५, २०८१

गाईघाट   ५  फागुन  ।

खोटाङको हलेसी बजारमा आइतबार साझ भएको आगलागीबाट झन्डै ७ करोड  ५० लाख बराबरको क्षती भएको छ । साझ ७ बजेको समयमा ब्यापारी पदमशेर राईको पसलमा ग्यास सिलिन्डर पड्किएर भएको आगलागी झन्डै ३ घन्टा पछी १० बजे तिर नियन्त्रणमा आएको थियोे ।

निमित्त प्रमुख जिल्ला अधिकारी हिराधन राईले झन्डै ७ करोड ५० लाख रुपैया बराबरको क्षेती भएको बताए ।उनले घर , होटेल , पसल र कार्यालय लगायतका भौतिक सामाग्री जलेर नष्ट भएको बताए ।

पदमशेरको काठ जस्ताले बनेको तीन तले घर ,हार्ड्वेबर पसल , उक्त घरमै रहेको निर्धन उल्थान लघुबृतको कार्यालय जलेर नष्ट हुँदा ४ करोड बराबरको क्षती भएको उनले बताए ।त्यसै गरि भरणसेर राईको पारुहाङ होटेल चार तल्ले पक्की घरको दोस्रो र तेस्रो तल्लामा आंशिक क्षती हुँदा ५० लाख बराबर क्षती भएको छ ।एकराज राईको न्यु कल्याण होटल चार तल्ले पक्की घर गरि २ करोड ५० लाख  र प्रकाशचन्द्र गिरीको हलेसी दर्शन होटलको फलामे ट्रस्टले बनेको एक तल्ले भान्सा घर र पक्की घरमा आंशिक क्षती हुदा ३० लाख बराबरको क्षती भएको उनलेे बताए ।

निमित्त प्रजिअ राईले दमकल नभएको कारण समयमा आगो निभाउन नसकिएको बताए । आगो निभाउन ठुलो संख्यामा  सेना र प्रहरी परिचालन गरिएको उनले बताए ।

 

यहाँ कमेन्ट गर्नुहोस्