२९ फाल्गुण २०८१, बिहिबार

भारतीय दूतावासका उपप्रमुख श्रीबास्तबले गरे जनता बेलका माबीको नबनिर्मित भबनको उद्घाटन

कान्छो खवर । आइतबार, फाल्गुण ०४, २०८१

गाईघाट   ४   फागुन  ।

उदयपुरको बेलका नगरपालिका  १पुरन्दहस्थित जनता बेलका माध्यमिक बिध्यालयको नबनिर्मित भबनको आइतबार भारतीय दूतावासका उपप्रमुख प्रसन्न श्रीबास्तबले उद्घाटन गरेका छन् ।

भारत सरकारको आर्थिक सहयोगमा निर्मित उक्त भबन झन्डै ४ करोड ३३ लाख रुपैयामा निर्माण भएको हो ।३ तल्ले २४ कोठाको उक्त भबन निर्माण सम्पन्न भए पछी श्रीबास्त भबन उद्घाटन गर्न आएका हुन ।

उद्घाटन पछी आयोजित कार्यक्रम उनले भारत सरकारले नेपालको बिकास निर्माणमा निरन्तर सहयोग गर्दै आएको र भबिस्यबमा पनि अझ धेरै आर्थिक सहयोग गर्ने बताए ।

उनले नेपाल भारतबीचको सम्बन्ध निकै पुरानो रहेको र यसलाई निरंतरता दिनको लागि नेपालको शिक्षा , स्वास्थ , खानेपानी र भौतिक पुर्बधारको क्षेत्रमा भारत सरकारले सहयोग गर्दै आएको बताए ।

नेपाली काङ्ग्रेसका नेता पुर्ब मन्त्री डा . नारायण खड्काले भारत सरकारले उदयपुरको शिक्षा क्षेत्रको पुर्बधार निर्माणमा धेरै सहयोग गरेको बताए ।धेरै बिध्यालय भबन , खानेपानी र नदि नियन्त्रणमा भारत सरकारले धेरै आर्थिक सहयोग गरेर उदयपुरबासीलाई गुण लगाएको उनले बताए । उनले यस्तो सहयोगको निरंतरता भारत सरकारबाट भैरहने अपेक्षा समेत गरेको बताए ।

बेलका नगरपालिकाका प्रमुख अशोक कार्कीले  उपप्रमुख श्रीबास्तबलाई मायाको चिनो प्रदान गर्दै भारतीय सहयोगलाई अझ बढी निरंतरता दिन आग्रह गरेका छ्न ।

यहाँ कमेन्ट गर्नुहोस्