०८ पुष २०८१, सोमबार

सडक निर्माणमा ढिलाई, ठेककेदारको चरम लापरबाही योजना प्रमुख निरिह

२८ वर्ष वितिसक्दा जम्मा २५ किमि सडक मात्र कालो पत्रे

कान्छो खवर । बुधबार, आषाढ २९, २०७९

गाईघाट २९ असार
निर्माण व्यवसायिले समयमा काम नगर्दा गाईघाट — दिक्तेल सडक निर्माणको काममा ढिलाई भएको छ ।
कुल १ सय ३१ किलोमीटर लामो सडकको उदयपुर तर्फको १ सय १ किलोमीटर मध्ये निर्माण सुरु भएको २८ वर्ष वितिसक्दा जम्मा २५ किमि सडक मात्र कालो पत्रे गरिएको गाईघाट दिक्तेल सडक आयोजना कार्यलय गाईघाटले जनाएको छ ।
त्यसैगरी ग्राभेल ३१ किमी र ४५ किलोमिटर माटो फिलीङको ट्रयाक निर्माण गरीएको छ । आयोजना कार्यालयले यो वर्ष १७ किमी सडक कालोे पत्रे गर्ने लक्ष्य लिएकोमा यो वर्ष कालो पत्रे को कामै हुन सकेन ।
वार्षिक शुन्य दसमलव अठासी प्रतिशत कालो पत्रे हुदै आएको थियो । ठेक्का सम्झौता गरेर पनि व्यवसायिले काम नगरेको कारण कालो पत्रेको प्रगती शुन्य भएको आयोजना प्रमुख गोपाल प्रसाद खकुरेलले वताए । यो वर्ष ठेकेदारले कामै गरेनन् । पटक पटक काम गर्न वोलाउदा उनीहरु सम्पर्कमा नै आएनन् ।
उनले भने ठेक्का संम्झौता रद्ध गरेर अर्काे टेण्डर गर्न समस्या हुने भएकोले व्यवसायि लाई फकाएर काम गराउनु पर्ने वाध्यता रहेको उनले वताए । आयोजना कार्यलयले तिन वटा प्याकेज वनाएर चार वर्ष अघि कालो पत्रे को लागी टेण्डर लगाएर निर्माण व्यवसायि संग ठेक्का संम्झौता गरेको थियो ।
ठेक्का सम्झौता पछि दुई वटा निर्माण कम्पनीले कामै नगरेकोले सडक निर्माणको काम प्रभावित वन्न पुगेको उनले वताए । दुई महत्वपुर्ण राष्ट्रीय गौरवको आयोजनाहरु मदन भण्डारी र मध्यपहाडी लोकमार्ग जोड्ने गाईघाट — दिक्तेल सडक आयोजनाको काममा भैरहेको ढिलासुस्तीले खोटाङ र उदयपुरको आर्थिक विकासमा समेत असर परीरहेको त्रियुगा उधोग वाणिज्य संघ उदयपुरका पुर्व अध्यक्ष एवम केन्दीय सदस्य गजेन्द्र भगतले वताए ।
निर्माण व्यवसायिले काम नगर्दा खोटाङ तर्फ फोक्सीनटार— सिम्पानी सडक खण्डमा २६ किमि र सिम्पानी— माहुरे २२ किलोमीटर सडकमा कालो पत्रे हुन नसकेको आयोजना कार्यलयले जनाएको छ ।
चार वर्ष भित्र सम्पन्न गरी सक्ने गरी सात वर्ष अघि ठेक्का सम्झौता गरीएको थियो । फोक्सीनटार— सिम्पानी सडक कालो पत्रे गर्न देव नारायण पवन —मैनाचुली खम्पाच्यले ५५ करोड ८६ लाखमा २०७३ साउन ११ गते संम्झौता गरेको थियो ।
त्यसैगरी सिम्पानी— माहुरे सडक कालो पत्रे गर्न ४१ करोड ५० लाखमा २०७३ असार ३० गते भारत कन्ट्रक्सन सिद्धिशाही जेभीले आयोजना कार्यलय संग ठेक्का संम्झौता गरेका थिए । ति दुई निर्माण कम्पनीले नाला निर्माण र
सडक सम्याउने काम मात्र गरेको भएपनी मुख्य काम कालो पत्रे भने नगरेको ईन्जीनियर नारायण थापाले वताए । सजिलो काम मात्रै उनीहरुले गरेर कालोपत्रे गर्ने वेलामा उनीहरु वेपत्ता भए । थापाले भने । निर्धारीत समय भन्दा २ वर्ष वितिसक्दा समेत उनीहरु वाट काम हुन सकेन उनले भने ।
उदयपुर तर्फको साउने — फोक्सीनटार सडक खण्डमा ३० किमि सडक कालोपत्रे गर्न संम्झौता भएकोमा सो अवधिमा जम्मा चार किमि मात्र सडक कालो पत्रे गरीएको छ । २०७३ भदौ १२ गते कालो पत्रेको लागी दि कन्चनजंघा गोल्डेनगेट गुड जेभीले ४ वर्ष भित्र सक्ने गरी २७ करोड लागतमा ठेक्का पाएको थियो ।
ठेकेदार कम्पनीले त्रियुगा नगरपालिकाका १४ साउने देखी रौतामाई गाउपालिकाका ५ फोक्सीनटार सम्म मात्र ४ किमी सडक कालो पत्रे गरेका छन् । योजना प्रमुख खकुरेलले चालु आर्थिक वर्षको लागी ४४ करोड रकम विनियोजीत भएको वताए ।

यहाँ कमेन्ट गर्नुहोस्