२८ फाल्गुण २०८१, बुधबार

महोत्सव रोकिपाउ भन्दै शिक्षक महासंघले मेयरलाई बुझायो ज्ञापनपत्र

कान्छो खवर । मंगलबार, माघ २९, २०८१

गाईघाट   २९  माघ  ।

शिक्षक महासंघ  लगायत विभिन्न शिक्षक संघ संघसंगठनले बरुवा बसपार्कमा हुन लागेको महोत्सव रोक्न माग गर्दै मंगलबार त्रियुगा नगरपालिकामा ज्ञापन पत्र बुझाएका छ्न ।

शिक्षक संघसंगठनका प्रतिनिधिहरुले नगरप्रमुख बसन्त बस्नेत र उपमेयर महेश्वरी राईलाई ज्ञापनपत्र बुझाउदै नगर भित्र बेमौसमा हुने गरेको मेला महोत्सवले बिध्यार्थीहरुको पठनपाठनमा गम्भीर रूपमा असर पुर्याउने भन्दै बरुवा बसपार्कमा हुन गइरहेको महोत्सव तत्काल रोक्न अनुरोध गरेका छ्न ।

उनिहरुले बुझाएको ज्ञापनपत्रमा बेमौसमका मेला महोत्सव , सर्कस जस्ता गतिविधिहरु बिध्यार्थीहरुकोलागि बाधक रहेको उल्लेख गरिएको छ ।ज्ञापनपत्रमा अब हुन लागेको महोत्सव स्थगन गरी बिध्यार्थीहरुको अध्यनको बाताबरण सकारात्मक बनाई दिन अनुरोध गरिएको छ ।

दसैं , तिहारका अघि पछी मिलाएर महोत्सव लगाउन आयोजकलाई सुझाव समेत ज्ञापनपत्र मार्फत दिएका छ्न ।

ज्ञापनपत्र बुझ्दै मेयर बस्नेतले शिक्षक महासघको सुझाव प्रति सकारात्मक भएको र आपसी सहमति गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका छ्न ।

यहाँ कमेन्ट गर्नुहोस्