२९ फाल्गुण २०८१, बिहिबार

मिलको फित्तामा बेरिएर खोटाङमा एक महिलाको मृत्यु

कान्छो खवर । आइतबार, माघ २७, २०८१

गाईघाट  २७ माघ ।

खोटाङमा मिलको फित्तामा बेरिएर सोमबार दिउँसो एक महिलाको मृत्यु भएको छ ।जन्त्तेढुङ्गा गाउपालिका ५ चिसापानीकि ४५ बर्षीया कमला खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानिय दिलबहादुर खड्काको मिलमा धान कुटाउन गएकी उनको मिलको फित्तामा कपडा बेरिएर गम्भीर रूपमा घाइते भै उपचारको लागि स्थानिय चिसापानी स्वास्थ केन्द्र पुर्याएको केहि बेरमै मृत्यु भएको हो ।

ईलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी निरीक्षक मोहन बोहराले घटनाको पुष्टि गर्दै अनुसन्धान सुरु गरिएको बताए ।।

यहाँ कमेन्ट गर्नुहोस्