कान्छो खवर । शनिबार, माघ २६, २०८१

गाईघाट २६ माघ ।
नेपाल निजामती कर्मचारी युनियन उदयपुरको शुक्रबार भएको ९ औ जिल्ला अधिबेशनले तेजबहादुर पोख्रेलको अध्यक्षतामा २० सदस्यीय नंया कार्य समिति चयन गरेको छ ।
तीन उपाध्यक्षहरुमा दिपक पोख्रेल , श्याम सुन्दास र निरु कार्की , सचिव खड्गबहादुर आलेमगर , सहसचिव मोहन केसी र कोषाध्यक्षमा रोहित श्रेष्ठ निर्बिरोध निर्बाचित भएका छ्न ।
त्यसै गरि सदस्यहरुमा पुरुषोत्तम बस्नेत ,पुष्प थापा ,दिलबहादुर धौकाकोटी ,सुनिल पोख्रेल ,केशव पौडेल ,अन्जना कार्की ,मनोज दनुवार ,श्यामकुमार चौधरी ,सुरेश पोख्रेल ,प्रकाश राउत , अर्जुन खड्का र ममता बिक रहेका छ्न ।
महाधिवेशन प्रतिनिधिहरुमा भुपध्वज रायमाझी , नबराज गिरी ,उत्तम भट्टराई , चिरञ्जीवी निरौला र भगवती खतिवडा रहेका छ्न ।
बेलका नगरपालिकाको बेलका रिसोर्टमा भएको अधिबेशनको उद्घाटन बेलका नगरपालिकाका मेयर अशोक कार्कीले गरेका थिए ।