कान्छो खवर । शुक्रबार, माघ १८, २०८१
गाईघाट १८ माघ ।
खोटाङमा एक नबजात शिशुको शरीर बिनाको एक हात मात्र भएको शब फेला परेको छ ।दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १२ स्थित जाल्पामा शुक्रबार कुकुरले शरीर खाइसकेको अबस्थामा एक हात मात्र बाकी रहेको शिशुको शब फेला परेको प्रहरीले जनाएको छ ।
जाल्पास्थित खरबारीका जसबहादुर राईको घर नजिक वासबारीमा नबजात शिशुको शब गाडिएको भन्ने सूचनाको आधारमा प्रहरी टोलि घटना स्थलमा पुगेर उक्त शब बरामद गरेको हो ।
बरामद हात परिक्षणकोलागि जिल्ला अस्पताल खोटाङमा राखिएको प्रहरी निरीक्षक सन्जु कार्कीले बताए ।नबजात शिशुको हत्या गरि घटना लुकाउन माटोमा खाल्डो खनी गाडेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
प्रहरीले शब केहि दिन अगाडि मात्र गाडिएको हुन सक्ने र अबैध गर्भपतन गरेर शब लुकाएर राखेको हुन सक्ने अनुमान गरेको छ।घटनाको अनुसन्धान भैरहेको कार्कीले बताए ।