कान्छो खवर । शुक्रबार, माघ १८, २०८१
गाईघाट १८ माघ ।
ओखलढुंगामा सवारी दुर्घटना पछि फरार रहेका चालक भक्तपुरमा फेला परेका छ्न । भक्तपुर स्थित ईन्टरनेशनल अस्पतालमा उपचार गराइरहेको अबस्थामा सुमो चालक २२ बर्षिय अनिल पण्डितलाई प्रहरीले शुक्रबार फेला पारेको हो ।
बुधबार राति भएको जिप दुर्घटना पछी पण्डित फरार रहेका थिए ।प्रहरीले उनको व्यापक रूपमा खोजी गरेको थियोे । उनको खोजीमा प्रहरी परिचालन गरिएको थियोे ।
हात, छाती र अनुहारमा चोटपटक लागेर उपचार गराइरहेको अबस्थामा पण्डितलाई अस्पतालबाट फेला पारिएको ओखलढुंगा प्रहरी प्रमुख कृष्ण खड्काले बताए । पण्डितको अहिले प्रहरी निगरानीमा उपचार भैरहेको उनले बताए । उपचार पछी उनी सग सोधपुछ गरिने खड्काले बताए ।
आगोले जलेर गम्भीर रूपमा घाइते भएकी खोटाङ केपिलासागढी गाउपालिकाकि ५६ बर्षीया मायादेवी गुरुङलाई उपचारको लागि बुधबार काठमाडौ लादै गर्दा ओखलढुंगाको मानेभञ्ज्याङमा ना १ ज ६४२१ नम्बरको टाटा सुमो दुर्घटना हुँदा गुरुङ उनको छोरा २८ बर्षिय पबन र ४५ बर्षीया तारा गुरुङको मृत्यु भएको थियोे । मृत्यु हुने तीनैजना एकै घरपरीबारका हुन् ।