२३ माघ २०८१, बुधबार

मदन भण्डारी लोकमार्गको नेपालटार सडक खण्डमा एक युवकको शब फेला, आफन्तले शब उठाउन दिएनन्

कान्छो खवर । मंगलबार, माघ १५, २०८१

गाईघाट  १५  माघ  ।

घटनाको छानबिनको माग राख्दै आफन्तले शब उठाउन नमान्दा मदन भण्डारी लोकमार्गको गाईघाट – नेपालटार सडक खण्ड अन्तरगत जोगिटोलमा मंगलबार बिहान मृत अबस्थामा भेटिएको एक पुरुषको शब अझै घटना स्थलबाट उठाउन सकिएको छैन ।

बिहान १० बजेको समयमा स्थानियले कल्भर्ट छेउमा उदयपुरगढी गाउपालिका ७ घले डाडाका ४३ बर्षिय नयन्द्र घलेको शब घोप्टो परेको अबस्थामा फेला पारेर प्रहरीलाई जानकारी दिएका थिए ।

आफन्तहरुले घटनाको छानबिन गरेर मात्र शब उठाउन दिने भनेर अडान लिए पछि अहिले सम्म घटना स्थलबाट शब उठ्न सकेको छैन ।प्रहरीले अहिले आफन्त र जनप्रतिनिधि राखेर छ्लफल चलाइरहेको स्थानिय होम बस्नेतले बताए ।

प्रहरीले घटना शंकास्पद रहेको भन्दै घटनाको जानकारी पाउन साथ धरानबाट तालीम प्राप्त कुकुर र अनुसन्धान अधिकृतलाई परिचालन गरेको एसपि हरिहर नाथ योगीले बताए । उनले प्रहरीले गम्भीरता पुर्बक अनुसन्धान गरिरहेको र शब उठाउने प्रयास भैरहेको बताए ।

यहाँ कमेन्ट गर्नुहोस्