०५ माघ २०८१, शनिबार

भीरमा अड्किएका जर्मन नागरिकको सकुशल उद्गार

कान्छो खवर । बिहिबार, माघ ०३, २०८१

फोटो : जिप्रका सोलुखुम्बु

गाईघाट  ३  माघ  ।

सोलुखुम्बुमा भीरमा खसेका एक बिदेशी नागरिकको सकुशल उद्गार गरिएको छ ।पासाङल्हामु गाउपालिका २ टोकटोक र बैंकरबीचको जङ्गलको  भीरमा खसेका जर्मन नागरिक माईकल हेनरीकको बिहिवार दिउँसो  प्रहरीले सकुशल उद्गार गरेको हो ।

सगरमाथा आधार शिबिरबाट लुक्ला तर्फ फर्कने क्रममा बाटो बिर्सिएर खच्चड हिड्ने बाटोबाट उनी चिप्लिएर भीरमा खसेको सोलु प्रहरीले जनाएको छ ।प्रहरी चौकी नाचिपाङ र स्थानिय गाउलेहरुको सहयोगमा झन्डै  ५ घन्टाको प्रयासमा उनलाई भीरबाट उद्गार गरिएको प्रहरीले जनाएको छ ।

माईकलको अबस्था सामान्य रहेकोले उनलाई शुक्रबार काठमाडौ पठाउने तयारी भैरहेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्