०२ माघ २०८१, बुधबार

एमाले नेता बिमल कार्की ६ महिनाको लागि निलम्बन

कान्छो खवर । मंगलबार, माघ ०१, २०८१

गाईघाट  १  माघ  ।

नेकपा एमालेले कोशी प्रदेशका पुर्ब सभाषद एबम उदयपुरका प्रभाबसाली नेता बिमल कार्कीलाई ६ महीनाकोलागि सबै जिम्मेवारीबाट निलम्बन गरेको छ ।

पौष २७ गते बसेको कोसी प्रदेश कमिटीको बैठकले कार्कीलाई ६ महिनाको लागि निलम्बन गरेको हो । उनले पार्टी अध्यक्ष केपी ओलि विरुद्ध सामाजिक सन्जालमा अभिव्यक्ति दिएको भन्दै कोशी प्रदेशले निलम्बन गरेको हो ।यश अघि उनलाई मंसिर १६ गते  तीन दिन भित्र जवाफ दिन भन्दै पार्टीले स्पस्टिकरण सोधेको थियोे ।

उनले दिएको स्पष्टीकरण चितबुझ्दो नभएको भन्दै  उनलाई निलम्बन गरिएको एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले बताए ।

कार्की उदयपुरको क्षेत्र नम्बर १ को १ प्रदेश पार्षदमा  निर्बाचित पुर्ब सभासद हुन् । उनी पार्टी अध्यक्ष ओली निकट हुन । तर उनी माथि किन कार्बाही गरियो भन्ने केही कारण खुल्न सकेको छैन ।

कार्कीले भने आफू माथि पार्टीले कार्बाही गरेको बारे केहि थाहा नभएको बताए । मलाई अहिलेसम्म कुनै जानकारी आएको छैन , मैले  पार्टी भित्री भैरहेको बेथिति विरुद्ध आबाज उठाएकोले म कार्बाही परेको होकि ।उनले भने ।

यहाँ कमेन्ट गर्नुहोस्