कान्छो खवर । बिहिबार, जेठ १९, २०७९
गाईघाट–१९ जेष्ठ
सूचना प्रवाह नगरीकनै सुनकोशिको बेलिव्रीज निकाल्दा सर्वसाधारणले कठिनाई भोग्नु परेको छ ।
बेलीव्रीज निकाल्नु अघि सर्बसाधारण को जानकारी को लागी भन्दै एक महिना अघि दिक्तेल सडक योजना कार्यालयले सूचना निकाल्ने गर्यो, सो सूचना पश्चात खोटाङ का बासीन्दा र व्यापारीले दैनिक उपयोग्य सामाग्रीहरु को भण्डार गर्थे, सिधा यातायात बन्द भएपछि त्यहि भण्डारण गरीएको उपभोग्य सामाग्री बाट पुःन बेलीव्रीज जडान नगरीदा सम्म त्यस क्षेत्र बासीन्दाले उपभोग गर्न पाउथे ।
तर अहिले एक्कासी बेलीव्रीज निकाल्ने काम भएपछि उनीहरुले समयमा नै उपभोग्य सामाग्रीहरु को भण्डारण गर्न नपाउदा समस्यामा परेकाछन् र्। धेर्रै व्यापारीहरु कोशी पारी बाटै फर्किएकाछन् । सामान खरीद गर्न मधेश झरेका उनीहरु सुनकोशीमा आएपछि मात्र बेलीव्रीज निकालेको थाहा पाएर फर्किएकाछनर्र््’ ।कोशीवारी रौतामाई गाउपालिका–५का व्यापारी सिद्धान्त राईले बताए र्। यो पटक धेरैले बेलीव्रीज हटाएको थाहै पाएनन्’ उनले भने ।
योजना कार्यालय बाट पनि निकाल्ने बारे त्यस्तो केही जानकारी गराईएन ।’उनले व्यापारीले पहिल्लै दैनिक उपयोग्य बस्तुहरुको जोहो नगर्दा यो बर्षको झन्डै ५ महिला जति मूल्य वृद्धिको मारमा खोटाङगेहरु पर्ने बताए । बेलीव्रीज संचालनमा हुदा गाईघाट– दिक्तेल सिधा यातायात सेवा संचालनले उपभोग्य बस्तुको मूल्यमा समेत कमीआएको थियो । तर अव महङगी निकै बढ्ने खोटाङका दिलिप खत्रीले बताए । गाईघाट –दिक्तेल सडक खण्ड अन्र्तगत उदयपुर र खोटाङ तर्फ सडक निर्माणको धेरै काम सम्पन्न भैसक्दा दूई जिल्लाको सिमानामा रहेको सुनकोशीमा पक्की पुल अझै वन्न नसक्दा विगत ७ वर्ष देखी बेलीव्रीज जडान गरीदै आएको छ । बेलीव्रीज जडान र निकाल्दा सरकारको बर्षेनी लाखौ रुपौया खर्च हुदै आएको छ ।
बर्षादमा नदीमा पानीको सतह बढे सगै बेलीव्रीज निकाल्ने गरीन्छ भने हिउदमा पुःन जडान गरीने हुदा सो अवधिमा झण्डै ५ करोड ५० लाख खर्च भैसकेको छ । वेलीव्रीज जडान गरीदै आएको ठाउ देखी झण्डै २ सय मिटर तल पक्की पुल बनाउन थालेको झण्डै दशक वितिसक्दा पनि २० प्रतिशत भन्दा बढी काम हुन सकेको छैन । तिन बर्ष अघि नै पुल निमार्ण गरेर गाईघाट –दिक्तेल सडक आयोजना लाई हस्तान्तरण गर्नु पर्नेमा पुल निमार्णको काम ८० प्रतिशत बाकी रहेको योजना प्रमुख गोपाल खकुरेलले बताए ।
गौरी पार्वती वाइपी जेभीले १८ करोड को लागतमा निर्माण गरीरहेको पुल को म्याद दुई पटक थप भैसकेको छ । बेलीव्रीज खोल्न झण्डै ६८ लाखमा रेग्मी– भानुमती– चौधरी जेभीले ठेक्का पाएको थियो । उक्त कम्पनीले ४ दिन अघि मात्र बेलीव्रीज खोलेको योजना प्रमुख खकुरेलले बताए ।