२३ माघ २०८१, बुधबार

कटारी – घुर्मी सडक खण्ड स्तरउन्नतिकोलागि बाताबरणिय प्रभाव मुल्यांकन प्रतिबेदन पारित हुने तयारीमा

कान्छो खवर । मंगलबार, पुष १६, २०८१

गाईघाट   १६    पौष  ।

सिद्धिचरण राजमार्गको मिर्चैया – कटारी – घुर्मी सडक खण्ड स्तरउन्नतिको लागि बाताबरणिय प्रभाब मुल्यांकन प्रतिबेदनको काम अन्तिम चरणमा पुगेको छ ।

सडक बिभागले तयार पारेर बन तथा बाताबरण मन्त्रालयमा पेश गरेको प्रतिबेदन यो हप्ता भित्र पारीत हुने गरि काम भैरहेको सडक बिभागले जनाएको छ ।मन्त्रालयमा बैठक बसेर यो हप्ता भित्र प्रतिबेदन पारित हुने जानकारी नेकपा एमालेका नेता संघिय सासद अमर रायमाझीले बताए ।

सबै काम पूरा भैसकेको छ, अब बन तथा बाताबरण मन्त्रालयबाट  प्रतिबेदन पारीत हुने बितिकै काम सुरु हुने उनले बताए ।प्रतिबेदन अनुसार योजनाको कुल लागत ९ अर्ब ४७ करोड रुपैया लाग्ने अनुमान गरिएको छ । ३० महिना भित्र सडक निर्माणको काम सक्नु पर्ने प्रतिबेदनमा उल्लेख छ ।

लागत बढी भएकोले निर्माणको काम बहुबर्षिय ठेक्का लगाएर गर्नुपर्ने भएकोले सोही अनुरुप कामलाई अघि बढाउन पहल भैरहेको रायमाझीले बताए ।

प्रतिबेदनको काम अन्तिम चरणमा रहेकोेले सार्बजनिक सुनुवाइ लगायतको कामको लागि सूचना प्रकाशित गर्ने तयारी भैरहेको कटारी नगपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठले बताए ।उनले चालु बर्षको बजेटमा १ अर्ब ५ करोड रुपैया योजनाको लागि बिनियोजित भएको बताए ।

मिर्चैया – घुर्मी सडक आयोजनाका प्रमुख डिइ पशुपति ज्ञवालीले प्रतिबेदन पारित हुने तयारी भैरहेको बताए । बाताबरणिय प्रभाव मुल्यांकन प्रतिबेदन पारित भए पछी सडक निर्माण प्रक्रिया सुरु हुने उनले बताए ।

७२ किमि लामो सडक योजनाको काममा ३ वटा ठुला पुल ,७ वटा सानो पुल ,५ कजवे ,२ सय ८९ वटा पाइप कल्भर्ट , ८ बकस कल्भर्ट र २६ वटा स्लाब कल्भर्ट निर्माण गरिने छ ।  सडकको चौडाइ सहरी क्षेत्रमा १३ मिटर , ग्रामीण भेगमा ८.५ मिटर र तराईमा १० मिटर रहने डिभिजन प्रमुख ज्ञवाली बताए ।

यहाँ कमेन्ट गर्नुहोस्