२३ माघ २०८१, बुधबार

मुर्कुची बजारमा मिनि महोत्सवको आयोजना हुने

कान्छो खवर । मंगलबार, पुष १६, २०८१

गाईघाट   १६   पौष  ।

उदयपुरको रौतामाई गाउपालिकाको मुर्कुची बजारमा पौष १९ गते देखि माघ ४ सम्म रौतामाई महोत्सव हुने भएको छ ।रौता स्पोर्ट्स क्लब मुर्कुचीको आयोजनामा हुने उक्त महोत्सवको तयारी पुरा भएको क्लबका अध्यक्ष हरी आलेमगरले बताए ।

स्थानिय पर्यटन , कला सस्कृतीको जगेर्ना गर्ने उदेश्य अनुसार पहिलो पटक मिनि महोत्सवको आयोजना गर्न लागिएको मगरले बताए ।महोत्सवमा रास्ट्रिय कलाकार र स्थानिय कलाकारहरुको साङ्गित प्रस्तुति रहने छ्न ।  महोत्सवको लागि गाउपालिकाको समेत आर्थिक सहयोग रहेको अध्यक्ष मगरले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्