२३ माघ २०८१, बुधबार

दुर्गम क्षेत्रमा शिक्षाको पहुँच पुर्याउनु पर्ने : उपराष्टपति यादव

कान्छो खवर । मंगलबार, पुष १६, २०८१

गाईघाट   १७  पौष  ।

उपराष्टपति रामसहाय यादवले शिक्षाको पहुँचलाई गाउँ गाउँमा पुर्याउनु पर्ने बताएका छ्न । उदयपुरको चौदण्ढिगढी नगरपालिका ८ स्थित सरस्वती माध्यमिक बिध्यालयको ५० औं स्वर्ण जयन्तीको सोमबार उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन ।

उनले शहरी क्षेत्रमा सामुदायिक र सस्थागत बिध्यालय खोल्ने क्रम बढेर शिक्षाको पहुँच सहज भएको भएता पनि दुर्गम क्षेत्रमा भने शिक्षाको पहुँच सहज तरिकाले पुग्न नसकेको बताए ।

कुनै पनि मुलुकको बिकास र समृद्धिमा शिक्षाको भुमिका महत्त्वपूर्ण रहेको गर्दा सरकारले शिक्षा क्षेत्रमा लगानी बढाएर पहिलो प्राथमिकतामा राख्नुपर्ने उनले बताए ।

उपराष्टपति यादवलाई पुर्ब मन्त्री तथा नेपाली काङ्ग्रेसका नेता नारायण खड्का र मेयर कालू लामाले स्वागत गरेका थिए ।

यहाँ कमेन्ट गर्नुहोस्