कान्छो खवर । बुधबार, पुष १०, २०८१
गाईघाट १० पौष ।
कोभिड १९ महामारीको बेला निकै हारगुहार गरेर प्रदेश सरकारको पैसाबाट जिल्ला अस्पताल उदयपुरमा जडान गरिएको अक्सिजन प्लान्ट २ बर्ष देखि बन्द रहेको छ । बन्द रहेको उक्त प्लान्ट चलाउने तर्फ अस्पताल प्रशासनले कुनै चासो नदेखाउदा अहिले सेवाग्राही मर्कामा परेका छ्न ।
अस्पताल हातामा झन्डै ७९ लाख खर्च गरेर जडान गरिएको उक्त प्लान्ट बिग्रीएको २ बर्ष भएको छ ।तर प्लान्ट मर्मत सम्भार गरेर सन्चालन गर्ने तर्फ कसैको ध्यान पुगेको छैन ।अस्पतामा उपचार गर्न आउने गम्भीर किसिमका बिरामीलाई अक्सिजनको आबस्यक्ता परेमा लहान र बिराटनगर पुगेर किनेर ल्याउनु पर्ने बाध्यता रहेको छ ।
अस्पतालमा निशुल्क पाईने अक्सिजन बाहिरबाट किनेर ल्याउदा प्रती सिलिन्डर ७ सय रुपैया पर्ने र थप गाडी भाडा समेत खर्च गर्नुपर्ने भएकोले सेवाग्राही थप मारमा पर्ने गरेको सामाजिक अभियन्ता सुमन परीयारले बताए ।
निकै जोडबल गरेर ल्याइएको अक्सिजन प्लान्ट यतिबेला सामान्य मर्मत सम्भार गरेर सन्चालनमा ल्याउनु पर्नेमा अस्पताल बिकास समिति र अस्पताल प्रशासनको चरम लापरबाहीले गर्दा प्रयोगबिहिन अबस्थामा पुगेको उनले बताए ।
जिल्ला अस्पताल उदयपुरका प्रमुख डा . बीरेन्द्र कुमार मण्डलले अक्सिजन प्लान्टको बारेमा आफुलाई धेरै कुरा थाहा नभएकोले पछी बुझेर जानकारी दिने बताए ।
अस्पतालमा दक्ष जनशक्ति र स्रोत साधनको अभावको कारण ४ बेड क्षमताको आईसियू र २ बेडको भेन्टिलेटर प्रयोगबिहिन अबस्थामा रहेको छ ।आईसियू र भेन्टिलेटर प्रयोगमा ल्याउने तर्फ कसैले चासो नदेखाउदा गम्भीर अबस्थाका बिरामीले तत्काल उपचार नपाउदा अकालमा ज्यान गुमाउनु परेको छ ।
अस्पतालमा सरकारले निशुल्क उपलब्ध गराउदै आएको ९८ प्रकारको औषधि मध्य केबल ४०/५० प्रकारको मात्र औसधि उपलब्ध हुने गरेको छ । निशुल्क दिने औषधि नपाए पछी बिरामीले बाहिरबाट किनेर प्रयोग गर्नु परेको छ ।
५० शैयाको जिल्ला अस्पताललाई २०० शैयामा स्तरउन्नति गर्ने योजना रहेको भए पनि बजेटको अभावले गर्दा अहिलेसम्म काम हुन सकेको छैन ।