कान्छो खवर । मंगलबार, पुष ०९, २०८१
फोटो : डम्बर
गाईघाट ९ पौष ।
अदालतले कर्तव्य ज्यानसम्बन्धी मुद्दामा १० बर्ष जेल सजाय ठहर्याएका फरार प्रतिबादी १४ बर्ष पछी पक्राउ परेका छ्न । आईतवार साझ खोटाङबाट पक्राउ परेका हलेसी तुवाचुङ नगरपालिका ११ राजापानीका ४१ बर्षिय चित्र कुमार राईलाई सोमबार अदालतले कैद भुक्तानको लागि कारागार चलान गरेको हो ।
नुन बहादुर रायमाझीको जाहेरीमा जिल्ला अदालत उदयपुरले २०६७ असार २८ गते राईलाई १० बर्ष कैद सजायको फैसला गरेको थियोे ।प्रहरीले उनी विरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाएको प्रहरी निरीक्षक मोहन पोख्रेलले बताए । राई घटना पछी फरार थिए ।
आफनै घरमा लुकेर बसेको बेला विशेष सुराकीको आधारमा साझ ४ बजे राईलाई पक्राउ गरिएको पोख्रेलले बताए ।
यहाँ कमेन्ट गर्नुहोस्