०९ पुष २०८१, मंगलबार

बैंकहरुले दिए प्रहरीलाई सिसि टिभी

Kanchho Khabar सोमबार, पुष ०८, २०८१

गाईघाट  ८  पौष ।

छ वटा बाणिज्य बैंकहरुले प्रहरीलाई १४ थान सिसि टिभि सहयोग गरेका छ्न । बजारको सुरक्षा  ब्यबस्थापनलाई सुदृढ , ब्यबस्थित र प्रभावकारी बनाउने उदेश्य अनुसार रास्ट्रिय बाणिज्य बैंक गाईघाट , कृषि बिकास बैंक , सानिमा बैंक , ग्लोबल आईएमई बैंक , लक्ष्मी सनराईज सिद्धांर्थ बैंकले उक्त क्यामेरा आईतवार एक कार्यक्रमको आयोजना गरी प्रहरी कार्यलयलाई हस्तान्तरण गरेको हो ।

गाईघाटस्थित बैंकका शाखा प्रमुखहरुले प्रहरी कार्यलयका प्रमुख एसपि हरिहरनाथ योगीलाई क्यामेरा उपलब्ध गराएको सिद्धांर्थ बैंकका प्रमुख सुनिल पोख्रेलले बताए । उनले बैंकहरुले कल्याणकारी सहयोग अन्तरगत उक्त सिसि टिभी प्रहरी कार्यालयलाई सहयोग स्वरुप उपलब्ध गराएको बताए ।

कार्यक्रममा एसपि योगीले बजार क्षेत्रको सुरक्षा ब्यबस्थापनलाई अझ सुदृढ गर्ने र सिसि टिभीको निगरानि ब्यबस्थाको प्रभाबकारी सन्चालन बिशेश गरी बैंक तथा बित्तीय सस्थामा हुने सम्भाबित अपराध रोकथाममा महत्त्वपूर्ण सहयोग हुने कुरा बताए ।

त्रियुगा नगरपालिकाको बजार क्षेत्रमा नगरपालिकाले समेत सिसि टिभी जडान  गरेर प्रहरीलाई सहयोग गरेको नगर प्रमुख बसन्त बस्नेतले बताए ।बजार क्षेत्रको सबै सिसि टिभीको प्रहरी कार्यालय बाटै अनुगमन र निगरानी हुने गरेको छ ।

 

यहाँ कमेन्ट गर्नुहोस्