०७ पुष २०८१, आइतबार

डा. नारायण खड्काले दिए चेतावनी मन्त्रालय घेराउ गर्न स्थानिय बासिन्दा ल्याउछु

कान्छो खवर । मंगलबार, पुष ०२, २०८१

गाईघाट  २ पौष ।

नेपाली काङ्ग्रेसका नेता पुर्ब मन्त्री डा. नारायण खड्काले प्रस्तावित सगरमाथा बिमानस्थल निर्माणको काम अघि नबढे नागरिक उड्डयन मन्त्रालय घेराउ गर्ने चेतावनी दिएका छ्न ।

बिमानस्थल निरीक्षण गर्न सोमबार आएका सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे उपस्थित कार्यक्रममा बोल्दै डा. खड्काले मन्त्रालयको हेलचेक्राइले बिमानस्थल निर्माणको काम सुरु हुन नसकेको भन्दै  आक्रोश व्यक्त गरेका थिए ।उनले  अब पनि यसरी नै हेलचेक्राइ गरिरहने हो भने स्थानिय बासिन्दालाई लगेर मन्त्रालय घेराउ गर्ने बताए ।

सबै प्रक्रिया पुरा भएर पनि किन काम अघि बढाइदैन , करोडौं मुल्यको रुख कटान भै सक्यो ।बिमानस्थलको लागि छुट्याईएको रकम समेत काम नगरेर फ्रीज गरिएको छ ।अब कसरी चुप लागेर बस्ने ।उनले भने ।अब त अति नै भएको छ ।

डा खड्काकै पहलमा प्रस्तावित सगरमाथा बिमानस्थल बन्न लागेको भए पनि बजेट अभावमा निर्माणको काम सुरु हुन सकेको छैन । बिमानस्थल बन्न लागेको १५३ हेक्टर बन क्षेत्रको जंगलको रुख  झन्डै १ बर्ष अघि नै कटान गरिएको भए पनि बिमानस्थलको निर्माणको काम हुन सकेको छैन ।

डा. खड्काले बिमानस्थल निर्माणको  काम पुरा गर्ने  आफ्नो पहिलो लक्ष्य लिएर अघि बढेका छ्न ।उनले दिन रात नभनी बिमानस्थल कै काममा खटिरहदा समेत काम नभए पछि सोमबार निकै आक्रोशित भएका थिए ।ऊनले बिगत  एक दसक देखि बिमानस्थल कै मुद्दा  निर्वाचनमा उठाउदै आएका छ्न ।

यहाँ कमेन्ट गर्नुहोस्