कान्छो खवर । शनिबार, मंसिर २२, २०८१
गाईघाट २२ मंसिर ।
हायस गाडीको ठक्करबाट सनिवार बिहान मर्निङवाकमा हिडिरहेका एक पैदल यात्रीको मृत्यु भएको छ ।
गाईघाट देखि काठमाडौ जाने बाप्र -०१-००६ -ख ५८ ७१ नम्बरको हायस गाडीले त्रियुगा नगरपालिका १० बोक्से स्थित कोष तथा लेखा नियन्त्रण कार्यालय अगाडि मर्निङवाकमा हिडिरहेका त्रिनपा ११ का बर्ष ५६ का परणसेर राईलाई बिहान ५ बजे ठक्कर दिदा गम्भीर रूपमा घाइते भएका थिए । उनलाई बाटोमा हिडिरहेका अन्य पैदल यात्रीहरुले तत्काल उद्घार गरि नजिकैको जिल्ला अस्पतालमा लगेकोमा उपचारको क्रममा बिहान ६.३० बजे राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
राईलाई ठक्कर दिएर भागेको उक्त गाडी प्रहरीले जलजले ढाट नजिकै बाट नियन्त्रणमा लिएको एसपि हरिहर नाथ योगीले बताए । काठमाडौ जाने यात्री लिन जाने क्रममा गाडीले मृतक राईलाई ठक्कर दिएको उनले बताए ।
गाडीका चालक महोत्तरी बर्दिबास नगरपालिका ३ का ४४ बर्षिय रुद्र बहादुर पौडेललाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भैरहेको योगीले बताए । शब पोस्टमार्टम पछी आफन्तलाई जिम्मा लगाउने तयारी भैरहेको प्रहरीले जनाएको छ ।