२३ माघ २०८१, बुधबार

बेलका नगरपालिका ९ मा माओवादीका उमेदवारले अग्रता लिदै

कान्छो खवर । सोमबार, मंसिर १७, २०८१

गाईघाट  १७  मंसिर ।

बेलका नगरपालिका  ९ मा भएको उपनिर्वाचनमा माओवादी केन्द्रका उमेदवारले अग्रता लिएका छ्न । बदर मतको बिबादको कारण आइतबार राति देखि रोकिएको मतगणना सोमबार साझ ७ बजे देखि सुरु भएको हो ।

निर्वाचन आयोगले बदरमतको बिषयमा भएको बिबादको कारण रोकिएको मतगणना सुरु गर्न दिएको आदेश अनुसार मतगणना सुरु भएको हो । बदरमतलाई पुनः गणना गर्ने आदेश आए पछि मतगणना सुरु भएको हो ।

निर्वाचन कार्यालय उदयपुरले १ हजार २ सय  मतगणना हुदा माओवादी केन्द्रका भरत घिमिरेले ३५२ मत ल्याएर अग्रता लिएका छ्न भने उनलाई एमालेका मोहन खड्काले पछ्याउँदै ३३२ मत ल्याएका छ्न ।काङ्ग्रेसका नबिन बस्नेतले २४६ मत ल्याएर तेस्रो स्थान भएका छ्न । उक्त वडामा अघिल्लो चुनावमा काङ्ग्रेसका पदम खड्का वडाअध्यक्ष पदमा निर्बाचित भएका थिए । खड्काको सवारी दुर्घटनामा परी निधन भएपछि रिक्त रहेको उक्त पदमा आइतबार उपनिर्बाचन भएको थियोे ।

 

यहाँ कमेन्ट गर्नुहोस्