०७ पुष २०८१, आइतबार

कान्छो खवर । सोमबार, मंसिर १७, २०८१

गाईघाट  १७  मंसिर  ।

उदयपुरको बेलका नगरपालिका ९ मा आइतबार राति देखि रोकिएको मतगणना सुरु भएको छ ।  बदर मतको बिषयमा उमेदवारका प्रतिनिधिहरुबीचमा भएको बिबादको कारण  राति १२ बजे देखि स्थगत भएको मतगणना साझ ७ बजे देखि पुनः सुरु भएको हो ।

निर्बाचन अधिकृत  सुरेन्द्र  गुप्ताले सोमबार बिहान देखि भएको सर्बदलिय सहमतिबाट कुनै सहमति हुन नसके पछी निर्वाचन आयोगको आदेशबाट मतगणना सुरु भएको हो ।

निर्वाचन आयोगले बदरमतलाई पुनः गणना गर्ने आदेश दिए पछी साझ देखि मतगणना सुरु गरिएको बिनोद दाहालले बताए ।

५ सय मत गणना गर्दा २२१ मत बदर भए पछी उमेदवारका प्रतिनिधिबिच बिबाद हुदा  मतगणना कार्य रोकिएको थियोे ।अहिले मतगणना सुरु भएको निर्बाचन अधिकृत गुप्ताले बताए ।

बेलका ९मा काङ्ग्रेसबाट निर्बाचित वडाअध्यक्ष पदम खड्काको सवारी दुर्घटनामा परी निधन भए पछी आइतबार उपनिर्वाचन भएको हो ।

यहाँ कमेन्ट गर्नुहोस्