१८ पुष २०८१, बिहिबार

उदयपुरमा भएको उपनिर्वाचनमा ६५ प्रतिशत मत खस्यो

कान्छो खवर । आइतबार, मंसिर १६, २०८१

गाईघाट  १६ मंसिर ।

उदयपुरको दुई वडामा भएको उपनिर्वाचनमा झन्डै ६५ प्रतिशत मत खसेको छ । आइतबार बिहान ७ बजे देखि  बेलुकी ५ बजे सम्म भएको मतदानमा त्रियुगा नगरपालिका १२ वडामा भएको मतदानमा ६५ प्रतिशत मत खसेको निर्वाचन कार्यालयका प्रमुख दिपक दाहालले बताए ।कुल ३ हजार ८ सय ४७ मतदाता रहेको उक्त वडामा २ हजार ५ सय २७ मत खसेको थियोे ।

त्यसै गरि बेलका नपाको ९ नम्बर वडामा भएको मतदानमा ६० प्रतिशत मत खसेको छ ।कुल ३ हजार १ ३६ मतदाता रहेको उक्त वडामा १ हजार ८ सय ८६ मत खसेको अधिकृत दाहालले बताए ।

दुबै वडामा काङ्ग्रेसबाट निर्बाचित वडाअध्यक्षहरुको निधन भए पछी रिक्त पदमा उपनिर्वाचन भएको हो ।

यहाँ कमेन्ट गर्नुहोस्