कान्छो खवर । बुधबार, मंसिर १२, २०८१
गाईघाट १२ मंसिर ।
उदयपुरको चौदण्डिगढी नगरपालिका भित्रमा रहेका सामुदायिक बिध्यालयका शिक्षकहरुले अब देखि मासिक रूपमा तलब पाउने भएका छ्न ।
शिक्षकहरुले लामो समय देखि आफुहरुलाई मासिक रूपमा तलब उपलब्ध गराउन अनुरोध गर्दै आएकोमा नगरले उनिहरुको माग सम्बोधन गर्दै संबंधित बिध्यालयको खातामा शिक्षकहरुको तलब बापतको रकम जम्मा गरिदिएको हो ।
शिक्षा तथा मानव स्रोत बिकास केन्द्रको असोज ६ गतेको परिपत्रमा शिक्षकको मासिक भत्ता मासिक रूपमा उपलब्ध गराउन गरेको परिपत्र अनुसार संघीय तर्फको दोस्रो त्रैमासिक ” कार्तिक -पौष ” तलब भत्ता सबै बिध्यालयको खातामा पठाइएको सोमबार शिक्षा , युबा तथा खेलकुद शाखा बेलटारले सबै सामुदायिक बिध्यालयलाई गरेको परिपत्रमा उल्लेख छ ।
परिपत्रमा महिना भुक्तान हुनु अगाबै शिक्षकहरुको तलब भत्ता निकासा गरेको पाइएमा कानुन बमोजिम हुने ब्यहोरा समेत जानकारी गराइएको उल्लेख छ ।